कात्तिक २१- बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’को मोसन टिजर सार्वजनिक भएको छ । चैत २८ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको मोसन टिजर बुधबार सार्वजनिक भएको हो ।

टिजर पोस्टरमा चर्चित अभिनेता प्रदीप खड्कालाई देखाइएको छ । उनी पोष्टरमा योद्धा अवतारमा देखिएका छन् ।

छेतेन गुरुङ र सन्तोष सेनले संयूक्त निर्देशन गरेको यस चलचित्र दर्शकले निकै रुचाउने अपेक्षा गरिएको छ । चलचित्र ‘प्रेमगीत ३’ कार्तिक २२ गतेबाट छायाँकनमा जाँने तयारीमा रहेको छ । यस चलचित्रमा अभिनेता प्रदीप खड्काअपोजिटमा क्रिष्टिना गुरुङले खेल्ने बताइएको छ । यस चलचित्रमा प्रदीप खड्कासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।