कात्तिक २१- च्याम्प्यिन्स लिग फुटबल अन्तर्गत समूह बीमा रहेका बायर्न म्युनिख र टोटनह्यामले जित निकालेका छन् । बुधबार राति भएको खेलमा बायर्न म्युनिखले ओलम्प्यिाकोसमाथि र टोटनह्यामले कार्भेना ९रेड स्टार० माथि जित निकालको हो ।

अपाराजित रहेको बायर्नको जितमा रोबर्ट लेबान्डोस्की र इभान पेरिसीसले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए । लेवान्डोस्कीले ६९ औं तथा पेरिसिसले ८९ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै, बुधबार राति नै भएको अर्को खेलमा टोटनह्यामले कार्भेनामाथि ४–० को जित निकालेको छ ।

टोटनह्यामको जितमा सन हिउङ मिनले २ तथा जियानो लो सेलो र क्रिष्टियन इरिक्सनले एक–एक गोल गरे । ३४ औं मिनेमा सेलोले गोल गर्दै टोटनह्यमामलाई अग्रता दिलाए ।

१ गोल अग्रता बनाएको टोटनह्यामले बाँकी तीन गोल दोस्रो हाफमा थपेको थियो । ५७ औं र ६१ औं मिनेटमा सनले लगातार २ गोल थपेपछि टोटनह्यामले तीन शून्यको अग्रता बनायो । ८५ औं मिनेटमा इरिक्सनले व्यक्तिगत पहिलो तथा टिमका लागि चौथो गोल गरे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।