प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘घामड शेरे’लाई शुभकामना दिएका छन् l बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै शर्माले ‘घामड शेरे’ गलत सिस्टमविरुद्ध लड्ने पात्रको कथा रहेको भन्दै प्रशंसा पनि गरेका छन् l

‘गलत `सिस्टम´का विरुद्ध लड्ने पात्रको कथा रहेको फिल्म भोलि २२ कार्तिकबाट प्रदर्शन हुन लाग्दैछ,’ शर्माले ट्वीट गर्दै भने, ‘असम्बन्धित व्यक्तिले पोस्ट गरेको तस्वीरलाई लिएर फिल्म या फिल्म युनिटसँग कोहो पनि उत्तेजित हुन जरुरी छैन l’ शर्माले निर्देशक, कलाकार र सिंगो टिमलाई शुभकामना दिएका छन् l


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।