कात्तिक २१- कास्की–२ को उपनिर्वाचनमा नेपाली काँग्रेसका खेमराज पौडेलले आफ्नो उमेदवारी दर्ता गरेका छन् ।कास्की काँग्रेसका नेता देवराज चालिसे र सोभियतबहादुर अधिकारीको प्रस्ताव र समर्थनमा पौडेलले उमेदवारी दर्ता गरेका हुन् ।

कास्की–२ मा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विद्या भट्टराईले विहिबार बिहान नै उमेदवारी दर्ता गरेकी थिइन् ।

त्यस्तै साझा पार्टीकी रजनी केसी र अन्य तीनजना स्वतन्त्र उमेदवारले पनि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।