file photo

कात्तिक २०- नेपाली सीमा अतिक्रमण गरी भारतले आफ्नो नक्सा बनाएपछी अहिले देशभर यसको बिरोध भइरहेको छ । नेपाली भूभाग लिम्पियाधुरादेखि लिपुलेकसम्मलाई भारतले समेटेर नक्सा बनाएपछी नेपाली नागरिकले विरोध गर्दै नक्सा सच्याउन माग गरेका छन् ।

यसैक्रममा चर्चित नायिका रेखा थापाले पनि आफ्नो फेसबुकमा नक्कलि राष्ट्रवाद अति भयो भन्दै आक्रोश पोखेकी छिन् । उनले सुस्ता, कालाकापानी,लिपियाधुरा, लिपुलेक फिर्ता गर्न सरकारले भारतसँग सार्थक कदम चाल्नु पर्ने बताएकी छिन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै भनेकी छिन्

आज देशको एक टुक्रा जमिन होईन, हजारौं हेक्टर जमिन गुमेको छ। सिमाना मिचिएका समाचार सुन्दा के गरौं र कसो गरौं हुन्छ। वीर…

Posted by Rekha Thapa on Tuesday, November 5, 2019

‘आज देशको एक टुक्रा जमिन होईन, हजारौं हेक्टर जमिन गुमेको छ। सिमाना मिचिएका समाचार सुन्दा के गरौं र कसो गरौं हुन्छ। वीर पूर्खाहरूको विरासत सम्झिँदा आजको पुस्ता हामी कायरझैं लाग्छ। जाई नलाग्ने, आईलागे बाँकी नराख्ने वीरहरूका हामी सन्तानहरू देशको सिमाना फेरिदाँसम्म पनि कुम्भकर्णको निद्रामै छौं। सुस्ता, कालाकापानी,लिपियाधुरा, लिपुलेक फिर्ता गर्न सरकारले भारतसँग सार्थक कदम चालोस्। (नक्कलि राष्ट्रवाद अति भयो)’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।