तस्बिर : सुरेन्द्र राज थीके

कार्तिक २०- मकवानपुर जिल्ला भीमफेदी गाउंपालीकाको सबै भन्दा बिकट र पुच्छार सिमाना वडानं ८ इपा पञ्चकन्या को अति दुर्गम बस्ति महाभीर धार्के । भीमफेदी गाउंपालीकाका अध्यक्ष हिदम लामा यहि बस्तीमा जन्म भएको थियो ।

भीमफेदीबाट सात घण्टाको पैदल यात्रा उकालो ओरालो हिडेपछी पुगिन्थो महाभीर धार्के । त्यहाका बालबालिका दुइ घण्टाको बाटो पैदल गरी पढ्न आउनु पथ्र्यो इपा पञ्चकन्या । न त हिडन सजिलो बाटो न बिजुली । यहि पिडा र अभाबमा जिबन बिताउदा हालका भीमफेदी गाउंपालीका अध्यक्ष हिदम लामा बालापनमा सपना देख्थे । “एक दिन आउने छ यहा बिकास, बिजुली, सडक” त्यो सपना आज साकार हुदै छ ।

गणतन्त्रको घोषणा संगै संघियताको अबधारणामा साबिक इपा,कोगटे,भीमफेदी, निबुवाटार, भैंसे र नामटारका केहि वडा समेटेर बन्यो भीमफेदी गाउंपालीका । यसै गाउंपालीका बाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टि एमालेबाट अध्यक्षको पदमा उम्मेदवार बने हिदम लामा । दुःख पिडाका साथ उच्च शिक्षा हासिल गरेका युवालार्इ सबैले सहयोग गरे र र्निबाचित भए ।मानबमा स्वार्थ लुकेकै हुन्छ हिदममा पनि स्वार्थ थियो ,व्यक्तिगत हैन सामाजीक स्वार्थ र त्यो स्वार्थ लार्इ बिकासमा बदल्न लागी परे ।आज त्यस बस्तिमा सडक ,बिजुली, आधुनीक तरकारी खेती, र च्याउ खेती तथा बाख्रापालनको लागी स्थान बन्दै गएको छ ।

गाउंपालीकाले रु पन्ध्र लाखको पहिलो बजेट निकासाले कोगटे छुरीडांडा ९खुंडे धार भीर० महाभीर घार्केको सडक डिपिआर तयार गरी आरम्भ गरियो । छ मिटर चौडा पन्घ्र किलो मीटरको सडकमा दोश्रो निकासा बजेट रु साट्ठी लाखले चार किलो मिटर तथा तेश्रो निकासा बजेट पचास लाख ले तिन किलो मिटर स्तरीय सडक लाइन र्निमाण सम्पन्न भइ सकेको छ । साथै इपा पञ्च कन्या हुदै फलामे खम्बा प्रयोग गर्दै बिजुली बिस्तार कार्य हुदै छ र आधा बस्तिले बिजुली प्रयोगमा समेत ल्याइ सकेका छन् ।

सडक बिजुलीको अबधारण त सम्पन्न हुदै अबस्थामा अब आर्थिक उपार्जन र गरीबि निवारणमा के छ त योजना ? भन्ने मेरो प्रश्नमा अध्यक्ष लामा भन्नुहुन्छ सानो देखी आपm्नो घर सांघबाट पारी काठमाण्डौ शहर झीलीमीली बलेको देख्थे । तर आफु अन्धकारमा दियालो र टुकीमा बस्न बाध्य । पारी काठमाण्डौमा गाडी मोटर गुडेको देख्थे आफु बजार भीमफेदीसम्म जान आउन पैदल सात घण्टा हिंडनु पर्ने त्यो पनि सानो ठेस लागेर लडियो भने कि त बुढिचौर बेसिमा कि कोगटेका टांडमा ज्यान जोखीम राखी हिडनु पर्ने । बालीनाली उब्जनी बजार निकाशा असम्भब यि सब अभाबले एउटा सपना साँचेको थिए । अब बेला आएछ । सहयोगी सबैमा धन्यबाद भन्न नी बिर्सनु भएन ।

बिकासको पहिले खुडकिलाको साधन सडक रहेछ । सडक र्निमाण हुदै आयो यातायत सहज भो , बिजुली ब्यबस्थापनमा सजिलो भो । बिजुली हुंदा पानीको समस्या नी हल हुदै छ । लिफ्टीङ्ग प्रकृया बाट पानी शिचाइ धारा ब्यबस्था हुदै छ । कृषिमा आधुनिकिकरण गरिदै छ । गाउंपालीकाको सहयोगमा प्लाष्टिक टनेल तरकारी खेतीलार्इ बढाबा दिइएको छ । परम्परागत कृषि प्रणाली लाइ परिमार्जन गरिदै छ । लामा भन्नुहुन्छ बिशेष महाभीर धार्केलार्इ उन्नत जातको बाख्रा फारम र खसी बोकाको मासु उत्पादन क्षेत्र बनाउदै छु । यहां अब सिताके च्याउ खेती लाइ बिस्तार गर्दैछौं र यसले जन मानिसमा गरीबि निबारण र आयश्रोतमा सुधार आउछ ।


सुरेन्द्र राज थीके
सुरेन्द्र राज थीके
surendraraj@khabarbreak.com
भीमफेदी, खबरब्रेक संवाददाता