कात्तिक २०- नेपाल भ्रमणमा रहेको पाहुना टोली एमसीसी नेपालको राष्ट्रिय टोली बिरुद्ध बलियो स्थितिमा पुगेको छ । नेपाल र एमसीसी बीच कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मेदानमा जारी तीन दिने एक दिवसीय प्रथम श्रेणी अन्तर्गत पहिलो दिनको खेलमा एमसीसीले ८७ ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ११ बनाएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एमसीसीले ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोड्न सफल भएको हो । एमसीसीका यासिर अराफात ३५ तथा एलेक्स थोम्पसन २२ रनमा अविजित रहे । यस्तै एमसीसीको लागि ओपनर विल रोड्सले सर्वाधिक ७३ रनको योगदान गरे । १ सय १० बलको सामना गरेका रोड्सले १२ चौका प्रहार गरे ।

पहिलो विकेटको रुपमा बिल गडलम्यान १० रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि रोड्सले टम वेस्टलेले ९४ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए । दोश्रो सेसनको सुरुवातमा सोमपालले रोड्सलाई बोल्ड गर्दै साझेदारी तोड्दै पवेलियन फर्काउँदा ३९ रन बनाएका टम वेस्टलेलाई शरद भेसावकरले एलबिडब्लको धरापमा पार्दै मैदान बाहिर पठाए ।

 

चौथो विकेटको लागि माइल्स ह्यामन्ड र विल भान्डस्र्परले ४९ रनको साझेदारी गर्दा शरदले ५२ रन बनाएका ह्यामन्डलाई बोल्ड गर्दै साझेदारीलाई तोडे । ५३ रन बनाएर भान्डस्र्पर पनि सन्दिपबाट एलबिडब्लुको धरापमा परे ।

सातौँ विकेटको रुपमा साझेदारी गर्दै यासिर अराफात र एलेक्स थोम्पसनले ३ सय रन पूरा गरे । ९६ ओभरको खेल हुने बताईएता पनि खराब प्रकासका कारण ब्याट्सम्यानहरु खेल्न नमानेपछि ८७ ओभर मात्र खेल सम्भव भएको होे ।

बलिङ तर्फ नेपालका सोमपाल कामीले १७ ओभर गर्दै ५० रन खर्चिदा ३ मेडन ओभर राख्दै दुई विकेट लिए । यस्तै २४ ओभर बलिङ गरेको सन्दिप लामिछानेले ८१ रन खर्चिएर २ विकेट हात पार्दा ३ मेडन ओभर गरे ।

यस्तै शरद भेषावाकरले पनि २ विकेट हात पारे । १० ओभर बलिङ गरेका शरदले १ मेडन ओभर राख्दै ३५ रन खर्चिए । यस्तै करन केसी, आरिफ शेख, ललित राजबंशी, दिपेन्द्र ऐरिले बलिङ गरे पनि विकेट हात पार्न सकेनन् ।

नेपालका १० खेलाडीले प्रथम श्रेणीमा डेब्यु गर्दा शरद र सोमपाल भने प्रथम श्रेणीको खेल खेलिसकेका छन् । सोमपाल कामिले यस अघि श्रीलंकाको घरेलु क्रिकेट खेल्दा प्रथम श्रेणी क्रिकेट खेलेका थिए भने शरदले २००५ र २००६ को इन्टर कन्टिनेन्टल कपमा अनुभव लिएका थिए । दोस्रो दिनको खेल बिहीबार हुनेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।