कात्तिक २० – आज चर्चित गायक प्रमोद खरेलको जन्मदिन परेको छ । उनले आज आफ्नो जन्मदिन धुमधामले मनाउदैछन् । नेपाली विकिपिडिया अनुसार ६ नोभेम्बर १९७९ मा भारतको शोणितपुर जिल्लामा जन्मिएका खरेल पछिल्लो समयका निकै सफल गायक हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा एक बहुप्रतिभाशाली गायकको रुपमा चिनिएका प्रमोद खरेलले हालसम्म २००० भन्दा बढी गीतहरू गाइसकेका छन् । उनले सरगरमाथा म्युजिक अवार्ड २०७५ मा सर्वोत्कृष्ट गायक  आधुनिक  विधाबाट अवार्ड समेत प्राप्त गरेका थिए । पछिल्लो समय गायक खरेल द भ्वाइस अफ नेपालको सिजनको कोच रहेका छन् । उनले आज आफ्नै फेसबुक पोस्टबाट पनि जन्म दिनको जानकारी दिएका छन् ।

आज मेरो खास दिन, अनमोल जीन्दगी पाएको दिन धर्तीलाइ पहिलो चोटि छोएको दिन, आमा मुसुक्क हॉस्दा पहिलो चोटि म रोएको दिन अर्थात आज #मेरो_जन्मदिन असिम माया , साथ र आशिर्वाद र शुभेच्छा प्रति सधै आभारी छु। 🙏😍

Posted by Pramod Kharel on Tuesday, November 5, 2019

उनले आफ्नो फेसबुकमा लेखेका छन् आज मेरो खास दिन, अनमोल जीन्दगी पाएको दिन, धर्तीलाइ पहिलो चोटि छोएको दिन, आमा मुसुक्क हॉस्दा पहिलो चोटि म रोएको दिन अर्थात आज #मेरो_जन्मदिन..असिम माया , साथ र आशिर्वाद र शुभेच्छा प्रति सधै आभारी छु।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।