कात्तिक २०– आज बुधबार नेपाली बजारमा मलेसियन रिँगिटको मूल्य बढेका्े छ भने अन्य देशको मूल्य घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ११३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ४६ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७१ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ६८ पैसा तोकिएको छ । आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ८८ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७८ रुपैयाँ ०८ पैसा तोकिएको छ भने बिक्रिदर ७८ रुपैयाँ ५० पैसा तोकिएको छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ २४ पैसा तोकिएको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १४६ रुपैयाँ ३६ पैसा तोकिएको छ। त्यसैगरी आज एक बहराईन दिनारको खरिददर २ सय ९९ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय रुपैया ८३ पैसा तोकिएको छ । त्यस्तै एक कतारी रियालको खरिददर ३० रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा तोकिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।