हटौंडा १९ कार्तिक,मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा नेपाल भारत मैत्री बुहुप्राविधिक महाविद्यालयको वर्षौ पछि आज शिलान्यास गरिएको छ । महाविद्यालयको शिलान्यास प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन् । २५ बिगाहा क्षेत्रफलमा निर्माण गरिने महाविद्यालयको भवन ५८ करोड ४४ लाख रुपैयाँ भारतिय सहयोगमा दुईवर्ष भित्रमा सम्पन्न गर्ने योजना छ ।

मंगलबार २२ वर्षपछी मुख्यमन्त्री पौडेलले भारतिय राजदुतावास काठमाण्डौका चार्ज डिअफेयर्स डाक्टर अजयकुमारको उपस्थितीमा शिलान्यास गरेका हुन् । भारत सरकारको सहयोगमा निर्माण हुने भनेर सहमति भए पनि दुई दशकभन्दा बढी अवधिसम्म पनि निर्माण हुन नसकेकोे नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको नेपाल र भारतिय पक्षबाट विभिन्न कारण देखाउँदै काम गर्न सकिएको थिएन । महाविद्यालय निर्माण गर्ने भएपनि त्यसक्षेत्रका रुख कटान नहुँदा वर्षौदेखि काम सुरु हुन सकेको थिएन । तर, अहिले रुख कटानको काम सकिएपछी महाविद्यालय निर्माण गर्ने बाटो खुलेको हो ।

महाविद्यालयको शिलान्यास गर्दै प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्यक वर्ष २ हजार ५ सय प्राविधिक विद्यार्थी उत्पादन हुने गरी काम सुरु गर्ने बताए । विभिन्न चार प्राबिधिक विषयमा पढाई हुने बताउँदै अहिले पहिलो चरणमा चार वटा विषयमा पढाइ हुन्छ । हरेक वर्ष २५ सय विद्यार्थी उत्पादन गरेर नेपालका उद्योग, कलकारखानामा पठाउँछौ मुख्यमन्त्री पौडेलले भने । अव प्राविधिक शिक्षा दिनुपर्छ भन्ने सरकारको नीति अनुसार काम गर्न लागिएको बताए । अहिलेको शिक्षा रोजगारमुखी नभएका कारण पनि प्राबिधिक शिक्षाको आवश्यकता परेको उहाँको भनाई छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।