कात्तिक १९- अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ।

अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीहरुले बताएका छन्।

राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदूरको हत्या गरेको पुष्टी भएको थियो। उनी उक्त पसलमा लुटपाटका लागि प्रवेश गरेका थिए। राइन्सका वकीलहरुले भने समलिङ्गी भएकै कारण राइन्सलाई मृत्युदण्ड दिइएको दाबी गर्दै आएका थिए।

तर साउथ डकोटाका महान्यायाधिवक्ताले अदालतसमक्ष राइन्सले दिएको बयानका आधारमा मृत्युदण्ड दिइएको बताउँदै यौन विभेदका आधारमा अदालतले आदेश नदिएको जिकिर गरे। एएफपी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।