सांकेतिक तस्बिर

कात्तिक १९- नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

आइतबार सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज तेजावी सुन तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार चाँदी तोलाको ८७० रुपैयाँ कायम गरिएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।