हेटौंडा, १९ कात्तिक- अर्काकी श्रीमतीसँग यौनसम्पर्क गर्दागर्दै थाहाका सुर्दशन कार्की मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ६ को एक घरको ओछ्यानबाटै पक्राउ परेका छन् । विवाहित महिलालाई आफ्नो माया जालमा पारेर यौनसम्पर्क राख्दाराख्दै कार्की ओछ्यानबाटै रंगेहात पक्राउ परेका हुन् ।

गए राति कैलाश गाउँपालिका वडा नम्बर ६ की एक विवाहित महिलासँग यौनसम्पर्क गरिरहेका बेला स्थानीयहरुले ओछ्यानमै फेला पारेको स्थानियले बताएका छन् । स्थानियहरुले भने, ‘गाउँलेहरुले फेला पारेर प्रहरीलाई राती नै बुझाएका छन्’

गए राती करिब १२ बजे तिर हामीले पक्राउ गरेको प्रहरी चौकी डाडाखर्कका असईको शर्मा प्रसाद यादवले जानकारी दिए । पक्राउ गरि अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पालुङमा पठाएको जानकारी दिए । कार्की नारायणी फ्रेन्शिप यातायातका चालक तथा मालिक समेत हुन् । हजुरकोखबरबाट साभार


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।