
हेटौँडा,१८, कार्तिक ।
हेटौँडामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सबार एकजनाको ज्यान गरेको छ । आज हेटौँडाको वडा नंबर १५ अन्र्तगत पुर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा हेटौँडाका औतार लामाकोज्यान गएको हो ।
हेटौंडा बजारबाट बारा जाँदै गरेको ना ३८ प ६४० नम्बरको मोटरसाइकललाई र विपरित दिशाबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रकले ठक्कर ठक्कर दिएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते हुनेमा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका २२ तिन नम्बर पुल बस्ने ३२ बर्षीय मनिष लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्