सांकेतिक तस्बिर

 कात्तिक १७ – साताको  पहिलो दिन सुनको मुल्य स्थिर भएको छ । शनिबार छापावाल सुन ७१ हजार दुई सयमा कारोबार भैरहेकोमा आज (आइतबार) समेत सोही भाउमा कारोबार भैरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय तथा तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार एकैदिन ७ सय रुपैयाँ बढेको थियो । आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।