हेटौँडा,१६ कार्तिक
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० टिसिएन रोड क्षेत्रमा कोठा भाडा लिएर बस्ने एकजना मृत अवस्थामा फेला परेका छन् । आफ्नै डेरामा उनी मृत फेला परेका हुन् । तर उनको हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले बताएका छन् ।

मृत्यु हुनेमा  हेटौँडा १० मा केशरी कम्युनिकेसन संचालन गर्दै आएको भारत पुर्वि चम्पारन विहार बस्ने २४ बर्षीय रवि केशरी रहेको भट्टराईले बताएका छन्।
उनी गत कार्तिक १३ गतेबाट हराईरहेको थिए । केशरी हत्याको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।