वीरगञ्ज,प्रहरीले पर्साबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–३ बस्ने ३४ वर्षीय किरण क्षेत्री, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय दिपेन्द्र थापा र फिरोज अन्सारीलाई लागुऔषधसहित पक्राउ गरेको हो।

क्षेत्रीलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चौकबाट चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। प्रहरीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउँदै गरेका क्षेत्रीको साथबाट लागुऔषध ईन्जेक्सन फेनारगन ११ पिस, नोर्फिन ११ पिस, डाइजोपाम ११ पिस बरामद गरेको छ। यस्तै थापा र अन्सारीलाई सशस्त्र प्रहरी बल गण पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–१० ठाकुरराम क्याम्पसस्थित सडकमा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ ना १९ प १२६७ नम्बरको मोटर साइकलमा आउँदै गरेका थापा र अन्सारीको साथबाट प्रहरीले लागुऔषध ओनरेक्स २८ बोतल बरामद गरेको छ । लागुऔषध र मोटरसाइकलसहित पक्राउ परेका तिनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।