file photo

अखिल नेपाल फुटबल संघका पुर्व अध्यक्ष गणेश थापाको आत्मकथा ‘गणेश थापा’ फागुनमा आउने भएको छ ।  आज काठमाण्डौँमा भएको आत्मकथाको आवरण सार्वजनिक कार्यक्रममा उनको आत्मकथाको प्रकाशन हुने मिति सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष थापाले आफ्नो मृत्युपछि शव एन्फा र र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा लगेर जग हसाउने काम नगर्न आग्रह गरेका छन् । आफुले नेपाली फुटबललाई गरेको सम्मानको बदला आफुलाई अपमान गर्ने सस्थामा आफ्नो शव समेत नलैजानको निम्ती उनले आग्रह गरेका हुन् ।

एनफमा हुदा आफुले कहिल्यैपनि नेपाली फुटबलको शिर झुक्ने काम नगरेको बताउने गरेका थापाले आफ्नो आत्मकथामा एनफाको विविध पक्षहरुको समेत उजागर गर्ने जनाईएको छ ।
बुक हिल पब्लिकेशनले प्रकाशन गर्ने आत्मकथामा उनले एनफाको नेतृत्व, फिफको प्रतिवन्ध तथा खेल जीवनको महत्वपूर्ण घटनाहरु सार्वजनिक गर्ने बताईएको छ । ९० हजार शब्द रहेको आत्मकथाले उनको खेलजीवनको केहि रोचक तथा महत्वपूर्ण पक्षको समेत जानकारी प्रदान गर्ने प्रकाशनको भनाई छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।