कात्तिक ३- चितवन मेडिकल कलेजमा उपचार गराउन आएका बिरामीको मृत्युको विषयलाई लिएर भएको झडपमा पाँच प्रहरी घाइते भएका छन भने प्रहरीले १२ जना मृतकका आफन्तलाई नियन्त्रणमा लिएको छ ।

पीडित पक्षले नाराबाजी गरिरहँदा प्रहरीले धपाउन खोजेपछि एक्कासी झडप भएको हो । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रर्दशनकारीले अस्पातलमा तोडफोड समेत गरेका छन् ।

झडपमा संलग्न पीडित पक्षका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

यस्तै झडपमा ५ जना प्रहरी जवान सामान्य घाइते भएको र उनीहरुको उपचार भइरहेको कोइरालाले जानकारी दिए । अहिले स्थिति सामान्य भएको प्रहरीले जनाएको छ । पीडित पक्षबाट भने कुनै विवरण आएको छैन

गत असोज २६ गते चितवन मेडिकल कलेज, भरतपुरमा नाकको शल्यक्रिया गराउन आएकी नवलपुर कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको मृत्यु भएको थियो । अस्पताल प्रशासनले आफूहरुको आवाज दबाउन खोजेको पीडित पक्षको आरोप छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।