कात्तिक १- बाटुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन ३ महिनाभित्र पेस गर्ने जिम्मा पाएको प्रहरीको छानबिन समिति पटक–पटक म्याद थप गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन ।

दुईपटक गरी थपिएको चार महिनामा समेत अनुसन्धान नटुंगिएपछि सरकारले बिहीबार फेरि दुई महिना समय थपेको छ । ०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ललिता निवासले चर्चेको करिब १ सय १४ रोपनी जग्गा हडप्नेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०लाई जिम्मा दिएको थियो ।

जेठ २८ भित्र प्रतिवेदन पेस गर्न भनिएकामा असार १२ र भदौ २२ गते २र२ महिना समय थपिएको थियो । यो प्रकरणमा ब्युरोसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।