सुन्दरता मान्छेको हेराइमा भर पर्छ पनि भनिन्छ। हिजोआज भने सुन्दरताको मापन पनि वैज्ञानिक पद्धतिमा निकाल्न थालिएको छ। हालै, गोल्डेन ब्युटी अफ ब्युटीका अनुसार संसारकै सर्वाधिक सुन्दर महिलामा अमेरिकी सुपरमोडल बेला हदिद परेकी छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

२३ वर्षीया बेला गणितीय समीकरणको सुन्दरता अनुपातमा ९४ प्रतिशत फिट हुँदै सूचीको अग्रपंक्तिमा अटाएकी हुन्।  सुन्दरताको उक्त अनुपातलाई प्राचीन ग्रिकको ब्युटी फी नामक एक संयन्त्रमार्फत चेकजाँच गर्ने गरिन्छ।

सुन्दरताको उक्त परीक्षणमा ओठको आकारप्रकार, नाक, चिउँडो र दन्त लहरसहित अनुहारको बनावटलाई हिसाबकिताब गरिन्छ। बेलाको अनुहार सर्वाधिक म्याच भएको हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।