कात्तिक १- नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय कायंक्रम भिटामिन ए र जुकाको औषधि बितरण कार्यक्रम भीमफेदी गाउपालीकाले पुर्ण तयारी गरेको स्वास्थ्य संयोजक ध्रुब प्रसाद लामीछानेले बताउनुभएको छ ।

भीमफेदी गाउंपालीकाका एक प्राथमीक स्वास्थ्य केन्द्र, चार स्वास्थ्य चौकी तथा एक स्वास्थ्य इकाइ र बिभिन्न सार्बजनीक स्थलमा भिटामीन’ ए’ बितरण शिबिर खडा गरी राष्ट्रिय कायंक्रम भिटामिन ए र जुकाको औषधि बितरण कार्यक्रम सफल बनाउने रणनीती बनाएको प्रा.स्वा.के सि.हे.व. सुनिल कुमार झाले बताउनुभएको छ ।

महिला स्वास्थ्य स्वयम सेबिका भीमा मोक्तानले भीमफेदी गाउपालीकाका नौ वडामा रहेका सतचालीस जना महिला स्वास्थ्य स्वयम सेबिकाले स्वास्थ्य संस्था बाहेक एकचालीस सार्बजनीक निकाए र गाउंघर क्लिनिक संचालीत स्थानमा भीटामिन ए र जुकाको औषधि बितरण गर्ने बताउनुभएको छ ।

गाउं पालीकाको स्वास्थ्य सर्बेक्षण अनुसार छ महिना देखी उनानसाठ्ठि महिना सम्मका बालबालीका बाइस सय साठ्ठि लाइ भिटामिन ए र उन्नाइस सय छयत्तर बाह्र महिना देखी उनानसाठ्ठि महिनाका बालबालीका लाइ जुकाका औषधि अबलेण्डाजोल बितरण गरीने लक्ष रहेको प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदी खोप संयोजक अनमी जुना घिसिगंले बताउनुभएको छ ।

कार्तिक २ र ३ गते संचालन हुने राष्ट्रिय कायंक्रम भिटामिन ए र जुकाको औषधि बितरण कार्यक्रममा कुनै पनी बालाबलीका नछुटुन भन्नका लागी आबश्यक प्रचार प्रसार गरेको र सफल बनाउन सबै निकायको सरोकार सहकार्यको अपिल रहेको गाउपालीका भीमफेदी अध्यक्ष हिदम लामाले बताउनुभएको छ ।


सुरेन्द्र राज थीके
सुरेन्द्र राज थीके
surendraraj@khabarbreak.com
भीमफेदी, खबरब्रेक संवाददाता