file photo

कात्तिक १-  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनुषाबाट एक शिक्षकलाई पक्राउ गरेको छ।

जिल्लाको मिथिला नगरपालिकामा रहेको एक निजी विद्यालयमा पढ्ने दुई बालिकामाथि शिक्षकले पटक–पटक यौन शोषण गरेको घटना बाहिरिएपछि पक्राउ परेका हुन्।

सात वर्षीया र नौ वर्षीया बालिकामाथि दाहालले जबरजस्ती करणी गरेको आरोप लागेको छ।

पक्राउ पर्नेमा झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं। ३ का ४३ वर्षीय टेकेन्द्र दाहाल रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए।

घटना बाहिरिएपछि शिक्षक दाहाललाई असोज २८ गते इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक यादवले बताए।

दाहाल स्कुलमा सामाजिक विषय पढाउँदै आएका थिए। यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।