file photo

बकैया,१ कार्तिक । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नेपाललाई चिनाउनको लागि सबैभन्दा महत्वपूर्ण माध्यम खेल भएको बताएका छन् ।

आजबाट पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा भएको पहिलो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले खेल माध्यमबाट देशलाई अन्तराष्ट्रिय मञ्चमा चिनाउन नेपली खेलाडी सफल भएको बताए । उनले खेलमा अनुशासन महत्वपूर्ण भएको भन्दै खेलाडीहरुलाई सरकारले क्रमश सहयोग गर्दै गएको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।