काठमाडौं, १ कात्तिक । यतिबेला अमेरिकामा रहेकी नायिका निशा अधिकारीले इन्स्टाग्राममा आफ्नो छोरोलाई स्तनपान गराएको तस्बिर सार्वजनिक गरेकि छिन् । क्रिकेटर शरद भेष्वाकरसंग विवाह गरेकी निशाले अमेरिकामै बच्चा जन्माएकी थिइन् ।

उनले विगतमा पनि ‘बेबी बम्प’ को फोटोहरु प्रदर्शन गरेकि थिइन् । गर्भवती भएको समयमा भुँडीको तस्बिर प्रदर्शन गर्दा धेरै नकारात्मक प्रतिक्रियाहरु आएको थियो । तर, उनले फोटो प्रदर्शन गर्नुको कारण जनचेतना फैलाउनु रहेको बताएकी थिइन् । निशाले महिलाहरुमा जनचेतना फैलाउनकालागि समाजिक संजालबाटै अभियान चलाएकि छिन् ।

अन्य मुलुकको तुलनामा नेपालमा नवजात शिशुलाई स्तनपान गराउनेको संख्या सन्तोषजनक भएपनि पर्याप्त छैन । स्तनपानका तस्बिरहरु चर्चित व्यक्तित्वले सार्वजनिक गरेसँगै समाजमा एकखालको सकारात्मक संदेश जाने देखिन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।