हेटौंडा ३० असोज,मकवानपुर प्रहरीले कैलाश गाउँपालिका वडा नंबर ५ थानेडाँडा बाट एक जना लाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि स्थानका वर्ष ५६ का राम बहादुर मोक्तान रहेका छन् ।

मोक्तानको घरमा लुकाइ छिपाई राखेको १ थान भरुवा बन्दुक सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारेपछि मोक्तानलाई पक्राउ गरेको हो ।

मोक्तान माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।