हेटौँडा,२९ असोज ।
जिल्ला अदालत मकवानपुरले कर्तब्य ज्यान मुद्धामा १० बर्ष सजाँय सुनाएका मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका वडा नंबर ८ का जीतबहादुर थिङ्ग लाई १० वर्षपछि प्रहरीले पक्रन सफल भएको छ ।
२०६७ साल जेष्ठ ३१ गते जिल्ला अदालत मकवानपुरले भीमफेदी वडा नम्बर ८ का जीतबहादुर थिङ्गलाई कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकिए पनि उनी फरार रहेका थिए ।

पक्राउ परेका थिङ्गले २०५९ आश्विन २७ गते भीमफेदी वडा नंबर ८ का बुद्धिबहादुर गोलेलाई कुटपिट गरी घाईते बनाएकोमा सोहि चोटका कारण कार्तिक ४ गते मृत्यु भएकोले थिङ्गलाई कर्तव्य ज्यान मुद्दामा फैसला सुनाएको थियो ।
उनलाई ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायको कमाण्डमा खटिएको टोलीले गत सोमबार मकवानपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि भीमफेदी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।