हेटौंडा २९ असोज,बम्पर ओपनिङ गरेको चलचित्र ‘छ माया छपक्कै’ को टोलि चलचित्रको थप प्रमोसनको लागि बिहिबार (भोलि) हेटौंडामा आउने भएका छन ।

चलचित्रका कलाकार सहितको टोलि बिहिबार हेटौंडामा रहेको दुई सिनेमा हलमा उपस्तिथि भएर दर्शक माझ चलचित्रको विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको चलचित्र युनिटले जनाएको छ ।

दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्मा भट्ट, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । हाल सम्म चलचित्र ‘छ माया छपक्कै’ ले ४ करोड माथिको व्यापार गरिसकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।