सांकेतिक तस्बिर

असोज २९- हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई नजिकै मंगलवार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिरनजिकै दुर्घटनामा परी धादिङका ३५ बर्षीय अर्जुन ढुंगानाको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाबाट अमलेखगन्जतर्फ जाँदै गरेको ना ४ ख ९०५२ नम्बरको एक्साभेटर लिएर जाँदै गरेको ट्रकले सोही दिशातर्फ ब्लक बोकेर गईरहेको ना ४ त ८४९३ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिँदा ट्रयाक्टरमा सवार मजदुरको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट अनियन्त्रित भएको ट्रयाक्टर ना ७ ख ६०६१ नम्बरको बसमा ठोक्किएपछि ट्रयाक्टरको टेलरबाट सन्तुलन गुमाउँदा सडकमा खसेका उनलाई एक्साभेटर बोकेको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।