शरीरिक अभ्यास गर्दा होस् वा शरीरलाई बल पर्दा अथवा चर्को घाममा बस्दा पनि पसिना आउने गर्दछ ।पसिना आउनु स्वभाविक प्रकृया हो । यसले शरीरबाट विकार निकाली शरीर शितल बनाउने तथा स्फुर्त राख्ने गर्दछ ।

तर कतिपयको पसिना भने निकै गनाउने हुन्छ । यसले उनिहरुलाई कतिपय स्थानमा लज्जित समेत बनाउछ ।

यदि तपाईको पनि पसिना गनाउने समस्या छ भने खानपिनमा ध्यान दिए वा निम्न कुरालाई पालना गरे पसिना गनाउने समस्या हट्दछ ।

१. सल्फर युक्त लसुन, प्याज लगायतका सामाग्रि नखानुहोस् । यसले पसिना गनाउछ ।

२. सकेसम्म ब्रोकाउली, बन्दाकोबि तथा फुलकोबि नखानुहोस् । यसले पनि पसिना गनाउछ ।

३. जाँड सेवन गर्नेहरुमा पसिना गनाउने समस्या हुन्छ । यसले पुरै शरीर गनाउने बनाउछ ।

४. चुईगममा हुने चिनी र कार्बोहाइड्रेटले जिभ्रोमा पत्र बनाउँछ जसले मुख गनाउन हुने गर्दछ ।

५. धेरै पसिना गनाउने समस्या भएकाले खाजामा फलफूल खाए समेत यो समस्या हटेर जान्छ ।

६. पसिना गनाउने समस्या छ भने प्रसस्त मात्रामा पानि पिउने गर्नु पर्दछ ।

७. मसला, चिल्लोयुक्त खाद्य सामाग्रीको परहेज गरेमा पनि पसिना गनाउने समस्या हटेर जान्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।