आजकल अधिकाशं मानिसमा ढाड अर्थात कम्मरको दुखाई हुने गरेको छ । कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो त्यसले पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ ।

त्यसैले कम्मरमा हुने लचकताले नै शरीर बलियो र लचिलो हुने गर्दछ । तर अधिकाशं मानिस कम्मर दुखाईका कारण निकै असहज जिवनयापन गर्न बाध्य हुने गरेका छन् ।

किन दुख्छ ?

यसरी कम्मर दुख्नुको मुख्य कारण भनेको मानिसको अब्यवस्थित जीवनशैली र खानपान नै हो । सामान्यतया कम्मरमा असर पर्ने काम गरेमा, धेरैबेर निहुरिएमा, अगाडि पछाडि धेरै झुकेमा, भारी सामान बोकेमा, गर्धन झुकाएर बसेमा र सुताई नमिलेमा लगायतका कारणले कम्मर दुख्ने गर्दछ ।

यसका अलावा एकैनासको बसाईमा सवारी चलाउँदा, मोटोपनाले नसा च्यापिदाँ, उचाई अनुसार तौल नमिल्दा कम्मर दुख्ने गर्दछ । यसरी दुख्ने कम्मर कसैको बीच भागमा त कसैको दायँ“ भागमा दुख्ने हुन्छ ।

कम्मर दुख्दा खुट्टासम्म झमझम गर्ने र धेरै दुखेमा खुट्टाले टेक्न ग्राहो समेत हुन्छ ।

कसरी कम गर्ने ?

कम्मर दुखाई हुन नदिन उचित आहार तथा जीवनशैली व्यवस्थित हुनुपर्छ । सकेसम्म दैनिक आधा घण्टा विश्राम गर्नुपर्छ ।

लामो समय काम गरे पछि केहिबेर आराम गर्नुपर्छ । असहज बसाईपछि हातगोडा तन्काउने तथा केहि बेर हिडडुल गर्नुपर्छ । यसो गर्नाले ढाड, पाता, गर्धन र कम्मरका नसा सिधा हुन्छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।