साङ्केतिक तस्वीर

हेटौँडा,२६ असोज । साँघुरो सडकको कारण दुर्घटना बढनुको साथै सहरको सुन्दरतामा समेत असर पुगेपछि सडकलाई २५ मिटर फराकिलो बनाउनुपर्ने भन्दै पर्साको विरगञ्ज महानगरपालिकामा हस्ताक्षर संकलन भएको छ ।

२५ मिटर फराकिलो बनाउन दबाब दिने उदेश्यले अभियान सुरु गरिएको हो ।  मुख्य सडकको दायाबाया २५र२५ मिटर सडक क्षेत्र कायम गर्न माग गर्दै वीरगञ्ज विकास युवा संघर्ष समितिले आइतबारदेखि हस्ताक्षर अभियान शुरु गरेको हो ।
वीरगञ्जको घण्टाघरमा तीन दिनसम्म हस्ताक्षर संकलन गर्ने र भौतिक पूर्वाधार मन्त्रीलाई बुझाउने तयारी उनीहरुको छ । संघर्ष समितिका सदस्य अकलेश साहले सडक विस्तार रोक्ने वा कम विस्तार गर्ने भन्ने चलखेल भइरहेकोले त्यसको विरोधमा हस्ताक्षर संकलन गरिएको बताए ।

अनलाईन खबरबको सहयोगमा


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।