सांकेतिक तस्बिर

असोज २६ – आइतबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मुल्य ७० हजार १ सय भएको छ ।

यस अघि शुक्रबार सुन प्रतितोला ७० हजार ४ सयमा कारोबार भएको थियो ।त्यसैगरी तेजाबी सुन आज प्रतितोला ६९ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्यमा सामान्य गिरावट आएता पनी चाँदीको मूल्य भने स्थिर नै रहेको छ ।शुक्रबार प्रतितोला ८ सय ४५ मा कारोवार भएको चाँदी आइतबार पनी प्रतितोला ८ सय ४५ मा नै कारोवार भईरहेको महासङ्घले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।