हेटौडा २५ असोज,उपभोक्ता समिती सम्झौता गर्न नआउदा गत एक वर्षमा हेटौंडा उपमहानगरपालिकाको विभिन्न योजनामा १६ लाख बजेट फ्रिज भएको छ । उपमहानगरपालिकाले योजना बनाउदा स्थानीय स्तरको आवश्यकताको आधारमा योजना स्विकृत गरेपनि कार्यान्वयनको लागी सम्झौता गर्न नआउदा उपमहानगरको गत आर्थिक वर्ष ०७५/७६ को १६ लाख रुपैयाको बजेट फ्रिज हुन पुगेको हो ।

स्थानीय तहले नयाँ आर्थिक वर्षको लागी योजना निर्माण गर्दा उपभोक्ता समितीसंग छलफल गरि स्थानीय स्तरको आवश्यकता अनुसार साना तथा ठुला योजनाहरु निर्माण गर्ने गर्दछ । निर्माण भएका ती योजनाहरु उपभोक्ता समितीहरुमार्फत नै कार्यान्वयन गरिने प्रावधान पनि रहेको छ ।

सोहि अनुरुप हेटौंडा उपमहानगरपालिका गत आवमा उपभोक्ता समितीको सल्लाहअनुसार योजना निर्माण तथा स्विकृत गरेको थियो । तर ती योजनाहरु कार्यान्वयन गर्न उपभोक्ता समिती उपमहानगर नपुग्दा ७ वटा योजनाहरु योजनामा मात्रै सिमीत बनेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।