file photo

हेटौंडा २३ असोज,हेटौंडा-काठमाण्डौं जोड्ने छोटो दुरीको मार्ग भएर चल्ने सुमोबाट यात्रुहरु ठगिन थालेका छन् । सुमो व्यवसायीहरुले चाडपर्वको अवसर छोपेर मनलाग्दी भाडा अशुल्न थालेपछि यात्रुहरुले गुनासो गरेका छन् ।

हेटौंडाबाट काठमाण्डौं जाँदा र आउँदा तोकिएभन्दा दोब्बर भाडा असुल गरिरहेका छन् । एकतर्फी भाडा ४ सय ५० रुपियाँ तोकिए पनि काठमाण्डौं जाँदा र आउँदा दोब्बर भाडा असुल गरिएको यात्रुहरु बताउँछन् । सुमो काउन्टरमा सुमोको कृत्रिम अभाव सिर्जना गरी यात्रुसँग बढी भाडा असुल्ने गरेका छन् । चाडपर्वको बेला यात्रुको भिड हुने भएकाले ‘गाडी छैन, बढी पैसा तिर्न सक्ने भए अर्को गाडी खोजेर पठाइदिन्छु’ भन्दै सुमोका दलालहरु काउन्टरनजिकै घुमिरहेका देखिन्छन् ।

दसैं मान्न आएका बकैया ५ बस्ने आषिस बानियाँ काठमाण्डौ काममा र्फकन सुमो नपाएर अलमलिएका छन् । काठमाण्डौबाट एक हजारमा हेटौंडा आएको बताउँदै दोब्बर भाडा असुल गरेकोमा गुनासो गरेका छन् ।

दसैं सकेर काठमाण्डौ काममा फर्कन लागेका बागमतीका राजु घलान सुमोको टिकट नपाएर हैरान भए । बिहिबार बिहानभर सुमो काउन्टरमा टिकट बुझ्दासमेत टिकट नपाएको बताए । उनले सुमोहरुले आफूलाई महंगो रेटमा लाने भए सिट भएको बताए ।

हेटौंडा-काठमाण्डौं जोड्ने छोटो दुरीको मार्ग भएर चल्ने सुमोबाट दैनिक सयौ यात्रुहरु ठगिदाँ सम्म स्थानिय प्रशासन मौन छ । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भएर चल्ने सुमोबाट वर्षेनी चाडपर्वको समयमा ठगीधन्दा हुने बारे प्रशासनलाई जानकारी हुदाँ समेत यात्रुहरु सधैं ठगिनु पर्दा आमनागरिकले सुशासनको अनुभूति गर्न नपाएको यात्रुहरुको गुनासो छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।