साङ्केतिक तस्वीर

वालिङ, असोज २३ । स्याङ्जाको हरिनास गाउँपालिका–५, बलिथुममा बुधबार राति एक युवकको हत्या भएको छ । ६ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँचजनालाई पक्राउ गरिसकेको र एकजनाको खोजीकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए । घटनाको कारण भने खुल्न सकेको छैन । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।