२३ असोज,बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउनेक्रम जारी छ । आफन्त तथा मान्यजनको हातबाट टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिने गरिन्छ ।

घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने चलन छ । कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।