नेपाल र अस्ट्रेलियाबीच विश्वकप छनोट खेल सुरु भएको छ। नेपालले अस्ट्रेलियाविरुद्धको पहिलो छैठौं मिनेटमै एक गोल खाएको छ। सुरुवातमै नेपाल १–० ले पछि परेको हो। अस्ट्रेलियाका लागि जेमी मकलरेनले गोल गरेका हुन्।

प्रशिक्षक योहान कालिनले क्यानबेरामा हुने खेलका लागि नेपाली सुरुवाति ११ घोषणा गर्दा मुख्य फरवार्ड बिमल घर्तीमगर भने त्यसमा अटाएका छैनन्।

कालिनले मुख्य फरवार्डमा अभिषेक रिजाललाई मौका दिएका छन्। यसअघि नेपालले खेलेको चाईनिज ताइपेविरुद्धको खेलमा भने विमलले अंग्रपन्ति सम्हालेका थिए।

नेपालको सुरुवाति -११:

गोलकिपर: किरण चेम्जोङ

डिफेन्डर: अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी , रञ्‍जित धिमाल

मिडफिल्डर: रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विशाल राई, रबि पासवान

फरवार्ड: अभिषेक रिजाल


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।