विश्वकप फुटबल छनोटअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपाल अष्ट्रेलियासगं ५–० ले पराजित भएको छ । बिहीबार अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको खेलमा नेपाल ५–० ले पराजित भएको हो ।

लगातार विश्वकप फुटबलको अनुभव बटुलेको बलियो टोली अष्ट्रेलियाले घरेलु मैदानमा नेपालमाथि गोल बर्साउने अनुमान गरिएपनि सहज खेल भने खेल्न सकेन । अष्ट्रेलियाले मध्यान्तरअघि ३ गोल गरेको थियो भने मध्यान्तरपछि २ गोल थपेको थियो । जेमी म्याक्लारेनले ‘ह्याट्रिक’ गरे ।

फिफा वरीयतामा नेपाल १६१औं स्थानमा रहँदा अष्ट्रेलिया ४४औं स्थानमा छ । विश्वकप छनोटको पहिलो खेलमा कुवतेसित ७–० को हार भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । अष्ट्रेलियाले पहिलो खेलमा कुवेतलाई ३–० ले हराएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।