बाँके,नेपाल प्रहरीले ९८ हजार रुपैयाँ नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलिरहेका अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट रु ९८ हजार २०० नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।