ओमानमा जारी टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपालले ओमानविरुद्ध खराब ब्याटिंग गरेको छ । टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल ११ ओभरमा ६४ रन बनाएर अल आउट भएको छ । नेपालका लागि आरिफ सेखले २० रन बनाए । त्यस्तै दिपेन्द्र ऐरीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानका बलर आमिर कलीमले ५ विकेट लिए । आमिरले ४ ओभरमा १५ रन दिएर ५ विकेट लिए भने बिलाल खानले २ विकेटल इए भने मोहमद नदीम र खवर अलीले एक एक विकेट लिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।