ओमानमा जारी टी-ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल आयरल्यान्डसँग १३ रनले पराजित भएको छ । ओमानको क्रिकेट एकेडेमीको मैदानमा १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल अन्तिम बल अगावै १ सय ३२ रन जोड्दा अलआउट भयो ।

नेपालका लागि आरिफ शेखले २६, कप्तान पारस खड्काले २५, इशान पाण्डेले २२, दीपेन्द्रसिंह ऐरीले १९ तथा करन केसीले १६ रन जोडे । यसअघि आयरल्यान्डलाई मध्यम स्कोरमा रोक्ने क्रममा सन्दीप लामिछाने र अविनाश बोहराले समान २ तथा ललित राजवंशी र करण केसीले १-१ विकेट लिए । अन्य २ ब्याट्सम्यान रन आउट भए ।

आयरल्यान्डका लागि पउल स्ट्रलिङले अर्धशतकीय पारी खेले । ४७ बलमा २ छक्का र ६ चौकाको मद्दतले ५९ रन जोडेका स्ट्रलिङ करण केसीको सिकार बने ।नेपालले आयरल्यान्डसँगको खेलका लागि दुई खेलाडी परिवर्तन गरेको छ । रोहित पौडेल र पवन शर्राफको स्थानमा इसान पाण्डे र सन्दीप जोराले मौका पाएका छन् । नेपालले यसअघि आफ्ना दुवै खेल जितेको छ । ३ खेल खेलेको आयरल्यान्डले भने २ मा जित र १ मा हार बेहोरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।