२२ असोज,चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी शनिबार दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउने भएका छन् । राष्ट्रपति सी जिनपिङ शनिबार काठमाडौँ आउने र आइतबार फर्किने मिति तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सीले भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटवार्ता गर्नेछन् । राष्ट्रपति सीले चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीसँग दुई पक्षीय उच्च स्तरीय छलफल गर्ने भएका छन् ।

छलफल पछि दुई पक्षीय सम्झौता र एमओयुमा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  सी जिनपिङले नेपाल भ्रमण गरेमा दुई दशकपछि नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति बन्नेछन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।