नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा)ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष पत्रकार अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।

पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको छ । यो पुरस्कार ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७, २०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी प्रदान गर्ने निर्णय गरेको छ ।

पत्रकार शिवाकोटीले एक महिलामाथि निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको समाचार पहिलो पटक सार्वजनिक गरेका थिए । समाचारले महरालाई राजीनामा गर्न बाध्य पारेको थियो । महरा अहिले प्रहरी हिरासतमा छन् ।

ईन्जाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ र यस्ता समाचारहरुले कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दछ ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।