file photo

२१ असोज, हेटौंँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालीहरुको चाडपर्वले राष्ट्रिय एकता कायम गर्न मदत मिल्ने बताएका छन् । बडादशैंँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा मंगलबार सन्देश दिँदै उनले सबै नेपालीको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन्

“शरद ऋतुको आगमनसंँगै नेपालीहरुको घरआँगनमा आएको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधतायुक्त देश हो ।

परापूर्वकालदेखि नै चलिआएका हाम्रो अमूल्य निधिका रुपमा रहेका धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता, रीतिरिवाज, चाडपर्वहरुले विविधताका बीच पनि आपसी शान्ति, प्रेम, भ्रातृत्व र सद्भावको सन्देश दिँदैआएका छन् । यही नै हाम्रो एकताको आधार हो, यही नै हाम्रो पहिचान हो, यसैको जगमा अब सुदृढ वर्तमान र उज्यालो भविष्य निर्माण गर्ने अभिभारा पूरा गर्नु छ ”, सन्देशमा भनिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।