इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा सिटी वुल्भससँग २-० गोलले स्तब्ध भएको हो ।

सिटीको मैदानमा वुल्भसलाई जिताउन अदामा ट्राओरेले २ गोल गरे । पहिलो हाफ गोलरहित बरारीमा बितेको उक्त खेलको ८०औं मिनेट र इन्जुरी समयमा गोल गर्दै अदामाले वुल्भसलाई जिताए ।

यस जितसँगै वुल्भस १० अंक बनाउँदै ११ औं स्थानमा उक्लिएको छ । यता, पराजित सिटी भने १६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।