file photo

स्पेनिस लिग ला लिगामा नौजना खेलाडीमा सिमित बार्सिलोनाले सेभियालाई ४–० गोलले पराजित गरेको छ । बार्सिलोनालाई जिताउन लुईस स्वारेज, अर्तुरो भिडाल, उसमान डेम्बेले र लियोनल मेस्सीले समान एक एक गोल गरे ।

बार्सिलोनाका लागि खेलको २७ औ मिनेटमा स्वारेजले गोल गरे । खेलको ३२ औ मिनेटमा भिडालले गोल गरे । डेम्बेलेले ३५ औ मिनेटमा गोल गरे ।

खेलको ७८ औ मिनेटमा मेस्सी गोल गरे । बार्सिलोनाका लागि रोनाल्ड र डेम्बेलेले रातोकार्ड पाएका थिए । यो जितसँगै बार्सिलोनाको ८ खेलमा १६ अंक भएको छ । सेभियाको १३ अंक रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।