ओमानमा जारी पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट शृंखलाअन्तर्गत्  नेपालले विजय सुरुआत गरेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो । १२६ रनको चुनौती पछ्याएको नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा जित हासिल गरेको हो ।

कप्तान पारस खड्का पहिलो बलमै आउट भएपनि विनोद भण्डारीले संयमित ब्याटिङ गरेपछि नेपालले विजय हासिल गरेको हो । विनोदले ४८ बलमा अविजित रहँदै ५८ रन बनाए । त्यस्तै, आरिफ शेखले २१ तथा सोमपाल कामीले १३ रन बनाए ।

खेलमा टस जितेर नेपालले कसिलो फिल्डिङ गर्दै हङकङलाई १२५ रनमा रोकेको थियो । हङकङले ६ विकेटको क्षतिमा १२५ रन बनाएको हो । वकास बर्कातले सर्वाधिक ३७ रन बनाएको इनिङस्लाई सस्तैमा समेट्नेक्रममा करण केसीले ४ तथा अविनाश बोहराले १ विकेट लिए । एक खेलाडीलाई अविनाशले ‘रनआउट’ गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।