साङ्केतिक तस्वीर

हेटौंडा १९ असोज,नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण आज हेटौंडामा करेन्ट लागेर आमा छोराको ज्यान गएको छ । विद्युत प्रवाह भईरहेको तार छिनेर बारीमा झर्दा पनि त्यसलाई व्यवस्थापन नगर्दा आमा छोराको करेन्ट लागेर ज्यान गएको हो ।

करेन्ट लागेर ज्यान जानेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १७ राजदेवीमा बस्ने वर्ष ५५ की लेखमाया पराजुली र उनका छोरा वर्ष २८ का मदन पराजुली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनीहरुको उपचारको क्रममा हेटौंडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको हो ।

आमालाई करेन्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाई समेत करेन्ट लागेको थियो । घाइते बुहारी रेनुकाको उपचार भईरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । विद्युत प्रवाह भएको तार तत्काल व्यावस्थापन नगरेकै कारण दुईजनाको मृत्यु भएको स्थानीय प्रतक्ष दर्सीहरुले बताएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।