स्पेनिस ला लिगा फुटबलमा आइतबार पाँच खेल हुने छ । ला लिगामा आइतबार साविक विजेता बार्सिलोना, एट्लेटिको मड्रिड, सेभिया लगायतका क्लबबीच प्रतिश्पर्धा हुने छ । बार्सिलोनाले घरेलु मैदानमा सेभियालाई अतिथि बनाउँदै छ । बार्सिलोना र सेभियाबीचको खेल राति १२ ४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा मैदान उत्रदा बार्सिलोना जित निकाल्दै शीर्ष स्थानको रियल मड्रिडसँग अंक दुरी घटाउने दाउमा छ । बार्सिलोना ७ खेलमा १३ अंक जोडेर चौंथो स्थान छ । रियलको १८ अंक रहेको छ । सेभियाको १३ अंक रहेको छ ।

ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले रियल भालाडोलिटसँग खेल्नेछ । यस्तै स्पानियोलले मालोर्का, सेल्टा भिगोले एथ्लेटिको बिल्बाओ र रियल सोसिडाडले गेटाफेसँग खेल्नेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।